१३ बैशाख २०८१, बिहीबार
Follow Us

ऐसेलु दानामा अस्मितको स्वर

नेपालब्रिटेन संवाददाता
२२ बैशाख २०७९, बिहीबार ०४:४७

काठमाडौं । अस्मिता अधिकारीको स्वरमा ‘ऐसेलु दाना’ नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । हालै युटुब मार्फत सार्वजनिक भएको गीतमा यम के निरौलाको शब्द संगीत रहेको छ । गीतका एरेजर उदयराज पौडेल हुन् ।

सार्वजनिक भएको गीतको भिडियोमा गायिका तथा मोडल जेनिशा गौतमको अभिनय रहेको छ । साथै पबित्रा, प्रभा, कमला र जिनाले उनलाई साथ दिएका छन् । एम डि गोर्खालीले खिचेको भिडियोलाई बिकाश दहालले सम्पादन गरेका छन् । पेन्टर कृष्णले ‘ऐसेलु दाना’ भिडियोलाई निर्देशन गरेका छन् । भिडियमा आफ्नो प्रेमी बिदेशिएपछि गाउँमा पर्खेर बसेकी प्रेमिकाको मनमा आउँने भाव हरु भिडियोमा प्रस्तुत गरिएको छ ।

‘ऐसेलु दाना’ गीतलाई गायिका, मोडल तथा समाजेसेवी जेनिशा गौतमले निर्माण गरेकी हुन् । हाल जेनिशा अष्ट्रेलियामा बस्दै आएकी छिन् । उनि बिदेशमा रहेरमा पनि नेपाली गीतसंगीतमा टेवा पुर्याउदै आएकी छिन् । जेनीशा गौतम बिभिन्न गीतमा गायन तथा मोडलिङ्ग सहित कलाकारितामा परिचित छिन् । त्यस्तै सामाजिक एबम परोपकारी कार्यहरु पनि गर्दै आएकी छिन् ।