११ बैशाख २०८१, मंगलवार
Follow Us

मिस युनिभर्स नेपालका लागि दरखास्त खुला

नेपालब्रिटेन संवाददाता
२३ बैशाख २०७९, शुक्रबार ०३:५८

काठमाडौं । मिस युनिभर्स नेपाल २०२२ का लागि दरखास्त खुला भएको छ ।आयोजक उमंग क्रिएसनले राजधानीमा बिहीबार एक कार्यक्रम गरी ओरिफ्लेम मिस युनिभर्स नेपाल २०२२ का लागि दरखास्त खुला भएको घोषणा गरेको हो ।

विश्वकै प्रतिष्ठित प्रतियोगिता मध्ये एक मानिने मिस युनिभर्स फ्रेन्चाइज अन्तर्गत् नेपालमा तेस्रो पटक आयोजना हुन लागेको यो स्वतन्त्र प्रतियोगिता भएको आयोजकले जनाएका छन् । राष्ट्रिय निर्देशक नगमा श्रेष्ठ तथा प्रबन्ध निर्देशक उद्धव अधिकारीले प्रतियोगिता समावेशिता र अवसरको जगमा उभिएको दाबी गर्नुभयो ।

पछिल्ला दुई बर्षहरुमा जस्तै यस पटक पनि प्रतियोगितामा उचाई र तौलको कुनै मापदण्ड कायम नगरिएको जनाइएको छ । साथै यसमा समलैगिक महिलाहरुले समेत सहभागिता जनाउन सक्ने आयोजकले जनाएका छन् । प्रतियोगितामा आप्रवासी नेपालीहरुको निम्ति समेत ढोका खुला राखिएको जनाइएको छ । दर्ता अवधि मे ५ देखि दुई महिना सम्मका लागि खुला रहने जनाइएको छ ।