७ बैशाख २०८१, शुक्रबार
Follow Us

गोबिन्दबल्लभ पन्त नेफ्सा एवार्ड २०२१ को घोषणा

नेपालब्रिटेन संवाददाता
२३ बैशाख २०७९, शुक्रबार ०३:५९

काठमाडौं । प्रत्येक बर्ष त्रिभुवन विश्वविधालय र पुर्बान्चल विश्वविधालयका बि.टेक.खाद्य प्रबिधिमा अध्य्यनरत उत्कृष्ट बिद्यार्थीलाई प्रदान गरिने गोबिन्द बल्लभ पन्त नेफ्सा अवार्ड बर्ष सन २०२१ का लागि दिक्षा शिल्पकार र भावना हुमागाई लाई प्रदान गरिने भएको छ ।

गोबिन्द बल्लभ पन्त नेफ्सा अवार्ड ट्रस्टका तर्फबाट अध्यक्ष हिक्मत थापाले सन २०२१ का लागि त्रिभुवन विश्वविधालय तर्फ बिज्ञान तथा प्रबिधि क्याम्पस , पोखराकि दिक्षा सिल्पकार र पुर्वान्चल विश्वविधालय तर्फ कलेज अफ एपलाइड फुड एन्ड डेरी टेक्नोलोजी काठमाडौं कि भावना हुमागाई लाई प्रदान गरिने घोषणा गर्नु भएको हो ।

नेपाल खाध प्रबिधि बिद्यार्थी संघ ( नेफ्सा ) का दोश्रो कार्यकालका अध्यक्ष पन्तको स्मृतिमा स्थापित उक्त पुरस्कार नेपाल भरकै खाध प्रबिधि अध्ययन गराइने स्नातक तहका उत्कृष्ट बिद्यार्थी मध्य दुई जनालाई प्रतेक बर्ष प्रदान गरिने गरेको कोषका उपाध्यक्ष हरिहर गुरागाईले बताउनु भयो । बि. स. २०६९ बाट शुरु गरिएको पुरस्कारको यो नवौ श्रृङखला हो ।

कोरना प्रकोपका कारणले पुरस्कार घोषणा गरेर पनि बितरण गर्न नसकिएको सन २०१९ को पुरस्कारका बिजेताहरुलाई पनि यो बर्षको पुरस्कार सङ्गै यसै बर्ष एक बिशेष कार्यक्रम बिच पुरस्कार हस्तान्तरण गरिनेछ ।