१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दिल्लीले हैदरावादलाई हरायो

नेपालब्रिटेन संवाददाता
२३ बैशाख २०७९, शुक्रबार ०४:०२

नयाँ दिल्ली । सनराईजर्स हैदरावादलाई २१ रनले हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्सले पाँचौ जित निकालेको छ । बिहीबार राति दिल्लीले दिएको २०८ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर मात्र १६८ रन बनाउन सक्यो ।

हैदरावादका निकोलस पुरनले सर्वाधिक ६२ रन बनाए । यस्तै एडिन मार्रक्रमले ४२ रनको योगदान गरे । दिल्लीका खलिल अहमेदले ३ तथा शार्दुल ठाकुरले २ विकेट लिए । यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर २०७ रनको बलियो योगफल तयार पारेकाे थियाे ।

दिल्लीका डेभिड वार्नरले सर्वाधिक ९२ रन बनाए । यस्तै रोभम्यान पावेलले ६७ रनको योगदान गरे । जितसँगै १० खेलबाट १० अंक जोडेको दिल्ली पाचौ स्थानमा छ । हैदरावाद १० खेलमा १० अंक जोडेर छैटौ स्थानमा छ ।

यो चलचित्रका अर्का निर्माता हास्य अभिनेता शिवहरि पौडेल पनि हुन् । चलचित्रको स्क्रिप्ट उनले लेखेका हुन् । शिवहरिले नै यो चलचित्रको निर्देशन गरेका हुन् । कोरोनाको महमारी र अन्य समस्याबाट गुज्रिएका दर्शकहरूलाई अहिलेको अवस्थामा रिफ्रेस बनाउने चलचित्र आफूहरूले तयार गरेको शिवहरिले बताएका छन् ।