७ बैशाख २०८१, शुक्रबार
Follow Us

पल्पामा घरमा आगलागी हुँदा वृद्धाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२३ बैशाख २०७९, शुक्रबार ०४:०४

पाल्पा । पाल्पामा घरमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नं. ४ का ७९ वर्षीय मानबहादुर सोमै रहेको प्रहरीले जनाएको छ ।

गएराति आफ्नै घरमा लागेको आगोले घर पुरै जलेर नष्ट भएको छ । एक्लै बस्दै आएका सोमैको घरमा रातको १ बजेतिर लागेको आगो स्थानीयको पहलमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बिरेन्द्र थापाले जानकारी दिनुभयो ।

रातीको समयमा उद्दारमा समस्या भएको र क्षतिको पुरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।