१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘लाइफ इन एलए’ को रोमान्टिक गीत रिलिज

नेपालब्रिटेन संवाददाता
२५ बैशाख २०७९, आईतवार ०४:१६

सुर्य एन श्रेष्ठको निर्देशन रहेको फिल्म ‘लाइफ इन एलए’ को गीत सार्वजनिक भएको छ । आउँदा जेष्ठ ६ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्मको गीत शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।

‘उदाएर आयो तिमी’ बोलको गीतमा फिल्मका मुख्य नायक नायिका ब्यास बिस्शु र अकेशा बिष्ट प्रस्तुत छन् । प्रविशा अधिकारी र प्रताप दासको स्वर रहेको गीतमा प्रतिक पौडेलको संगीत छ । गीत रिलिज गर्ने कार्यक्रममा शिल्पा मास्के, निलम चन्द, लोकन्द्र लेखक एसोसियट निर्देशक दीपक वली लगायतको उपस्थिति रहेको थियो ।

त्रिकोणात्मक प्रेमकथा ‘लाइफ इन एलए’ मा ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, निलम चन्द, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । फिल्ममा एलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास, प्रविसा अधिकारी र कविता श्रेष्ठ स्वर छ ।

ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको सिनेमामा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् । दीपक वली एसोसियट निर्देशक रहेको फिल्मका प्रोडक्सन म्यानेर प्रदीप आचार्य र प्रदीप खत्री हुन् । फिल्मको अमेरिका पार्टको छायांकन क्रिस वारेन र एडवर्ड युकेन गरेका हुन्, भने नेपालको पार्ट बाबु श्रेष्ठले खिचेका हुन् ।

भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ । अमेरिकाको विभिन्न राज्यमा प्रदर्शन भैसकेको ‘लाइफ इन एल ए’ लाई दर्शकले निकै रुचाएले नेपाली दर्शकबाट पनि राम्रो साथ पाउने विश्वास निर्माण टिमले राखेको छ ।