१२ बैशाख २०८१, बुधबार
Follow Us

बेलायतबाट आयो गायिका मिलनको ‘हाँस तिमी’

नेपालब्रिटेन संवाददाता
२६ बैशाख २०७९, सोमबार ०६:३७

काठमाडौं । गायिका मिलन नेवारले यतिबेला आफ्नो स्वरमा नयाँ गीत ‘हाँस तिमी…’को भिडियो सार्वजनिक गरेकी छिन् । यो गीतको भिडियोलाई बेलायतमा निर्माण गरिएको हो ।

गीतकार गीता गिरीले लेखेको यो गीतलाई विक्रम थापाको संगीत गरेका छन् । विसन मानन्धरले यो गीतमा संगीत संयोजन गरेका छन् । यो गीत माधुर्य छ । भिडियो पनि आकर्षक बनेको छ । बेलायतका रमणीय स्थानहरुमा यो गीतको भिडियो छायांकन गरिएको छ । भिडियोलाई कुशल श्रेष्ठले निर्देशन गरेका हुन् । भिडियोको सम्पादन र छायांकन पनि कुशलकै रहेको छ ।

कुशलले यो गीतको भिडियोमा सृजना निङ्लेखु र सन्तोष राईलाई अभिनय गराएका छन् । बिगत ६ वर्षदेखि बेलायमा बस्दै आएका सन्तोष मोडलसँगै त्यहाँका हेयर स्टाइलिस्ट समेत हुन् । नेपालमौ मोडलिङ गरिरहेकी सृजना विवाहपछि बेलायत बस्न थालेकी हुन् ।