१३ बैशाख २०८१, बिहीबार
Follow Us

श्रीलंकाको हिंसामा सांसदको मृत्यु

नेपालब्रिटेन डट कम्
२७ बैशाख २०७९, मंगलवार ०३:१७

लण्डन । श्रीलंकाको सत्तारुढ दलका एक सांसदको सरकार विरोधी प्रदर्शनकारीहरूसँगको झडपमा मृत्यु भएको छ । देशमा हिंसा बढ्दै गएपछि एक राजनीतिज्ञहरूको घरमा आगो लगाइएपछि उनको मृत्यु भएको हो।

देश दशकौंको सबैभन्दा खराब आर्थिक संकटसँग जुधिरहेको बेला देशमा हिंसा शुरु भएको हो।

श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपक्षेले पदबाट राजीनामा दिएका छन् । सरकारविरुद्ध प्रदर्शन जारी रहँदा प्रधानमन्त्री राजपक्षेले पदबाट राजीनामा दिएका हुन् । उनले राष्ट्रपति गोटाबाया राजपक्षेलाई राजीनामा पठाएका हुन् ।

देशमा अभूतपूर्व आर्थिक संकटविरुद्ध प्रदर्शन गरिरहेका मानिसहरुले राष्ट्रपति गोटाबाया राजपक्षे र उनको मन्त्रिमण्डलमाथि राजीनामा दिन दबाब दिइरहेका छन् ।