May 24, 2022
4:22 AM | 9:07 AM
खेल

इटालीयन सिरीमा रोमा पराजित

  10/05/2022 मा प्रकाशित

राेम । इटालीयन सिरी ए अन्तर्गत सोमबार राति भएको खेलमा रोमा पराजित भएको छ । शीर्ष चारको लागि प्रतिस्पर्धा गरिरहेको रोमालाई फ्लोरेन्टिनाले २-० ले पराजित गरेकाे हाे ।

घरेलु टोली फ्लोरेन्टिनालाई जिताउन निकोलास गोन्जालेज र जियाकोमो बोनोभेनटुराले १-१ गोल गरे ।

हारसँगै जोसे माउरिन्होको रोमाले पाँचौ स्थानमा पुग्ने अवसर गुमाएको छ । रोमा ३६ खेलबाट ५९ अंकसहित पाँचौ स्थानमा छ । फ्लोरेन्टिना समान अंक सहित छैटौं स्थानमा छ । जारी लिगमा एसी मिलान शीर्ष स्थानमा छ ।

प्रतिक्रिया