१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सूर्यमा भोट हालौं: राजेन्द्र पुडासैनी, अध्यक्ष, प्रवासी नेपाली मंच, युके

नेपालब्रिटेन डट कम्
२७ बैशाख २०७९, मंगलवार २३:१४

लण्डन । प्रवासी नेपाली मंच युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले शुक्रवार हुने स्थानीय निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।

पुडासैनीले मंगलवार एक विज्ञप्ति जारी गर्दै बैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी नेकपा (एमाले) का उम्मेद्वारहरूलाई विजयी गराउन आम मतदातालाई अपिल गरेका हुन् ।

विज्ञप्तिमा अपिलको पूर्णपाठ

नेकपा (एमाले) धेरै नेता कार्यकर्ता र लाखौँ जनताको जीवन र जनजीविकासँग जोडिएको पार्टी हो। त्यसो हुँदा नेताहरूले गौँडागौँडामा गरेका गलत निर्णय र आत्मकेन्द्रित व्यवहारको सजायँ स्थानीय स्तरमा पार्टीप्रति बफादार भई उर्जाशिल समय पार्टीप्रति समर्पण गरेका असल, इमान्दार, मेहनती र समाज परिवर्तनका वाहक नेता र कार्यकर्तालाई दिइनु हुँदैन। एमालेमा नेताको चाकडी बजाउने वा गुट पोषक केही अपबाद बाहेक धेरै ठूलो संख्यामा नेता कार्यकर्ताहरू आम रूपमा ईमान्दार नै छन्।् ।

केही समय अगाडि मात्र पार्टीले समग्र बाम आन्दोलनको नेतृत्व गर्ने अबसर गुमाएको कारणले धेरै नेता कार्यकर्ताको भावनामा परेको गहिरो दुस्प्रभावको घाउ आलै छ। तर यति बृहत संजाल र जनमत भएको यो पार्टी जिवन्त रहेन वा निर्मलिकरण हुन सकेन भने ठुलो संघर्षमार्फत स्थापित संविधान र हाम्रा अन्य लोकतान्त्रिक उपलब्धि समेत संकटमा पर्ने निश्चित छ। स्थानीय तहको निर्वाचनपछि पनि यस पार्टी र समग्र बाम आन्दोलनको उन्ननयन र सरोकारका बारेमा बहस र छलफल गर्दै गरौँला ।

र, अर्को कुरा नेपालको सबैभन्दा ठुलो वाम पार्टी हार्दा वाम आन्दोलनलेनै हार्नेछ। अतः तत्कालका लागि बैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी नेकपा ९एमाले०का उम्मेद्वारहरूलाई विजयी गराउन आम मतदातामा हार्दिक अपिल गर्दछु।

धन्यवाद

राजेन्द्र पुडासैनी
अध्यक्ष
प्रवासी नेपाली मंच, युके