१३ बैशाख २०८१, बिहीबार
Follow Us

पार्टी झण्डा बोकेर चुनावी मैदानमा उत्रिए एनआरएनए प्रवक्ता

नेपालब्रिटेन डट कम्
२७ बैशाख २०७९, मंगलवार २३:४५

लण्डन । गैरआवासीय नेपाली संघका प्रवक्ताहरु शुक्रवार हुने स्थानीय निर्वाचनमा गाँउगाँउमा खटिएका छन् ।

प्रवक्ताद्धय शिव कुमार वरुवाल र सोम सापकोटा संघको विधान र नियमावली विपरित आआफ्नो पार्टीको झण्डा बोकेर चुनावमा होमिएका हुन् ।

वरुवाल संघको १० औं महाविधेशन पछि गण्डकी प्रदेशमा खटिएका छन् । उनले आफ्नो फेसबुक टाइमलाइन मार्फत एमालेले गण्डकी प्रदेशका सबै पालिकामा जित्ने दावी गरेका छन् ।

यस्तै अर्का प्रवक्ता सोपकोटा चितवनमा नेपाली कांग्रेसको पक्षमा चुनावी प्रचारमा जुटेका छन् । गैरआवासीय नेपाली संघको विधानले संघका पदाधिकारीहरुलाई सकृय राजनीति गर्न बन्देज लगाएको छ ।

उनीहरु गत १० औं महाधिवेशनमा भागबण्डाको आधारमा प्रवक्तामा चयन भएका हुन् । संघका केही पदाधिकारीहरु संघको मर्यादा र परम्परा विपरित खुलायम पार्टीको पक्षमा मत मागेको सामाजिक संजालमा यततत्र देखिएको छ ।