१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मायाको पंखा घुमाउँदै भीमफेदी गाइज

नेपालब्रिटेन संवाददाता
२८ बैशाख २०७९, बुधबार ०२:४९

काठमाडौं । गर्मी बढ्दो छ, गर्मी चढ्दो छ । चुनावी माहोलले झनै गर्माईरहेको बेला शीतलता दिने ‘मायाको पंखा’ आएको छ । गायक तथा संगीतकार तारा लक्समको नयाँ गीत ‘मायाको पंखा’ सार्वजनिक भएको छ । गीत सार्वजनिक भएको छोटो समयमै गीतले राम्रो राम्रो प्रतिक्रियाहरु प्राप्त गरिईरहेको छ ।

गीतको अडियो सुन्दा जति रमाईलो छ, भिडियो पनि मज्जाको छ । भिडियोमा भीमफेदी गाईज फिचर गरिएको छ साथमा छिन् चर्चित मोडल अलिशा शर्मा पनि । डान्सिङ्ग बिटको यो गीतको भिडियो राम्रो बनेको छ । डिपी खनालको शब्द रचना रहेको यो गीतमा संगीत पनि स्वयं गायक तारा लक्समकै रहेको छ । गीतको अरेन्जमेन्ट उदय राज पौडेलले गरेका हुन् ।

नेपाली तारा नामक रियालीटि शोबाट चर्चित बनेका गायक तारा लक्समका ‘चुम्बक’, ‘गोप्य नाता’, ‘बल्छी’, ‘म दिन तयार’ लगायतक गीतहरु चर्चित छन् । भर्खरै सार्वजनिक भएको गीत ‘मायाको पंखा’लाई लिएर दर्शक स्रोताबाट राम्रो प्रतिक्रिया पाईरहेको भनेर गायकले बताएका छन् । तपाईले मायाको पंखा हेर्नुभयो त ? छैन भने तलको लिंकमा क्लिक गरेर हेर्न सक्नुहुनेछ ।