७ बैशाख २०८१, शुक्रबार
Follow Us

हवाई यात्रा गर्दा अबदेखि मास्क लगाउनु नपर्ने

नेपालब्रिटेन संवाददाता
२९ बैशाख २०७९, बिहीबार ०७:३४

आगामी सोमबारदेखि युरोपेली देशहरुमा विमानमा यात्रा गर्दा र विमानस्थलहरुमा फेस मास्क लगाउनु नपर्ने भएको छ । युरोपेली देशहरुमा हवाई यात्राका लागि युरोपेली उड्डयन सुरक्षा निकायले दिएको आधिकारिक निर्देशन अनुसार सो निर्णय गरिएको हो ।

युरोपेली उड्डयन सुरक्षा निकायले हालै मात्र कोभिड नीतिमा परिवर्तन गर्दै युरोप भरी सार्वजनिक यातायातमा मास्क अनिवार्य गर्ने व्यवस्थालाई हटाएको हो । केही अमेरिकी एयरलाइन्सहरुले भने मास्क अनिवार्यको नियम हटाएका देशहरुमा हवाई यातायातमा यस अघि नै मास्कको प्रयोग हटाइसकेका छन् ।

मास्स सम्बन्धी नियमहरु एयरलाइन्स अनुसार फरक फरक हुने युरोपेली उड्डयन सुरक्षा निकायले जनाएको छ । तर आगामी सातादेखि हवाइ यात्रामा कुनै पनि अवस्थामा मास्क आवश्यक नहुने जनाइएको हो । यो व्यवस्थाले एयरलाइन्सका कर्मचारी तथा यात्रुहरुले राहत महसुस गरेका छन् । यो व्यवस्थाले महामारीको अवस्थाबाट बाहिर आएको अनुभूति भएको कतिपयको भनाई छ ।