१६ चैत्र २०८०, शुक्रबार
Follow Us

शेष घलेद्धारा आफ्नो समूह अबैधानिक भएको स्वीकार (भिडियो)

नेपालब्रिटेन डट कम्
२९ बैशाख २०७९, बिहीबार १४:१४

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घलेले आफुले सृजना गरेको गैर आवासीय नेपाली संघको छुट्टै समूह बैधानिक नभएको स्वीकार गरेका छन् ।

उनको समूहले बिहिबार बोलाएको एक भेलालाई सम्बोधन गर्दै आफ्नै गतिविधि अवैधानिक रहेको स्वीकार गरेका हुन् ।

“सहकार्य गरौ, बैधानिकताको कुरा किन गर्ने ? बैधानिकता ठूलो कुरा होइन्, कम्युनीटीको सेवा गर्न हामीलाई कसैले रोक्दैन” घलेले भने ।

आन्तरिक जुम भेलामा घलेले १० औं महाधिवेशन पछि आएको नयां नेतृत्वका बिरुद्ध बैधानिकता दिइएकोमा कानुनी विबादमा नजाने संकेत गर्दै भने “लेट्स मुभ फरवाड” ।

घलेले एनआरएनएको प्रमुख संरक्षकको रुपमा एनआरएनएको अधिवेशन र निर्वाचन गर्न अर्को छुट्टै नगर्न भनि अदालतले दिएको अन्तरकालिन आदेश बिपरित छुट्टै समूह मार्फत नयां कार्यसमिति गठन गरेका थिए ।

घलेको पछिल्लो कदमलाई अदालतको मानहानीको रुपमा हेरिएको थियो । सरकारले गतै चैत्र १३ मा परराष्ट्र मन्त्रालयको मन्त्रीस्तरिय निर्णय गरी कुलआचार्य, रविना थापा र डा. बद्री केसीको अध्यक्षतामा रहेको समितिलाई मान्यता दिएको थियो ।

यसअघि गैरआवासीय नेपाली संघले घले समूहलाई संघको लोगो र लेटरप्याड प्रयोग नगर्न चेतावनी दिएको थियो ।