४ बैशाख २०८१, मंगलवार
Follow Us

बाजुरामा झडप (भिडियो)

नेपालब्रिटेन डट कम्
३० बैशाख २०७९, शुक्रबार ०४:०९

काठमाण्डौं । बाजुराको बुढीगङगा नगरपालिका ५ स्थित भानोदय मावि मतदान केन्द्रमा झडप भएर मतदान तत्काललाई स्थगित गरिएको छ। अन्य स्थानमा निर्वाचन सामान्य रुपमा अघि बढेको छ ।

निर्वाचन आयोगका अनुसार कूल ३५ हजार २ सय २१ पदका लागि हुने निर्वाचनमा एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये ३ सय ९० जना निर्विरोध निर्वाचित भइसकेका छन्।

यस पटक कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन्। निर्वाचनका लागि दश हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन्।