७ बैशाख २०८१, शुक्रबार
Follow Us

नातिको पिठ्यूँ चढेर मतदानस्थल

नेपालब्रिटेन संवाददाता
३० बैशाख २०७९, शुक्रबार ११:३९

मुगु । मुगु छायाँनाथ रारा नगरपालिकामा ९० वर्षीया पार्वती रोकायले नातिको पिठ्यूँ चढेर मतदानस्थल पुगेर मतदान गरेकी छन् । छायाँनाथ रारा नगरपालिका– ५ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कार्की वाडाको मतदान केन्द्रमा उनले मतदान गरेकी हुन् । उनलाई नाति दिपक रोकायले बोकेर मतदानस्थल लगेका थिए ।