१३ बैशाख २०८१, बिहीबार
Follow Us

६४ प्रतिशत मत खस्यो, ४१ स्थानमा चुनाव स्थगित

नेपालब्रिटेन डट कम्
३० बैशाख २०७९, शुक्रबार १४:०९

काठमाडौँः निर्वाचन आयोगले ६४ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ। प्रारम्भिक रुपमा प्राप्त तथ्याङ्क अनुसार आयोगले अनुमानित विवरण सार्वजनिक गरेको हो।

सबै ठाउँबाट रिपोर्ट आइनसकेकाले संख्या अझ बढ्न सक्ने एक निर्वाचन आयुक्तले जानकारी दिए।

‘सबै ठाउँबाट विवरण आएको छैन। अझै समय लाग्छ। हालसम्म ६२ प्रतिशत भन्ने छ,’ उनले भने।

यस्तै ४१ ठाउँमा मतदान स्थगित भएको छ। झडपका कारण विभिन्न ठाउँमा मतदान स्थगित भएको हो। यी ठाउँहरुमा निर्वाचन आयोगले अर्को मितिमा चुनाव गर्ने छ। केही ठाउँमा दिउँसो रोकिएकाले अहिले पनि मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।

मतदान सकिएका स्थानीय तहको मतपेटिका संकलन गरेर गणनाको तयारी भइरहेको आयोगले जनाएको छ। आजै २० प्रतिशत ठाउँमा गणना गर्ने तयारी भइरहेको छ।