१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बर्दिबासमा मतगणना सुरु

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७९, शनिबार ०१:१२

महोत्तरीकाे बर्दिबास नगरपालिकामा मतगणना सुरु भएकाे छ ।

सर्वदलीय बैठककाे निर्णय अनुसार रातिबाट मतगणना सुरु भएकाे हाे ।

बर्दिबास नगरपालिकामा अहिलेसम्म ३ सय मत गणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता लिएका छन् । उनले ११९ मत पाउँदा एमाले उम्मेदवारले ६९, माओवादी केन्द्रका उम्मेदवारले ३० मत पाएका छन् । वडा नम्बर ८ बाट मतगणना सुरु भएकाे हाे ।तर अन्य पालिकामा भने मतगणना सुरु भइसकेकाे छैन ।

गौशाला नगरपालिकामा बिहान ८ बजेबाट र अन्य पालिकामा बिहान ९ बजेबाट मतगणना हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।