८ बैशाख २०८१, शनिबार
Follow Us

काठमाण्डौं महानगरपालिकाको मतगणना सुरु

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७९, शनिबार ०४:२७

काठमाण्डौं महानगरपालिकाको मतगणना सुरु भएको छ । राष्ट्रिय सभा गृहमा केहीबेर अघिबाट मतगणना सुरु भएको हो । वडा नम्बर १ र ३२ बाट मतगणना सुरु गर्ने निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

यसपटकको निर्वाचनमा मेयर पदका लागि नेकपा एमालेबाट केशव स्थापित, नेपाली काँग्रेसबाट सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन साहलाई मुख्य प्रतिस्पर्धी मानिएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खसेको छ । शान्तिपूर्ण रुपमा निर्वाचन, मतदाताको सुलभ पहुँचका बाबजुद पनि आधामात्रै मत खसेको आयोगले जनाएको छ । काठमाडौँमा कूल ३ लाख २४२ मतदाता रहेका छन् ।