१४ बैशाख २०८१, शुक्रबार
Follow Us

६ महानगर मध्ये पाँचमा गठबन्धन र काठमाण्डौंमा बालेनको अग्रता

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७९, शनिबार १८:०५

छ मध्ये पाँच महानगरपालिकाका मेयरमा गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । गठबन्धनका तर्फबाट विराटनगर महानगरपालिकामा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले १०३८ मतसहित अग्रता कायम राखेका छन् । विराटनगरमा नेकपा एमालेका तर्फबाट सागरकुमार थापाले ७७४ मत ल्याएका छन् । वीरगन्ज महानगरपालिकामा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहले ४०७ मत ल्याउँदा एमालेका उम्मेदवार विजयकुमार सरावगीले २९९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, भरतपुर महानगरमा गठबन्धनका तर्फबाट नेकपा माओवादीकी उम्मेदवार रेणु दाहालले ३२६ मत प्राप्त गर्दा एमालेका विजय सुवेदीले २८१ मत ल्याएका छन् ।

ललितपुर महानगरमा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले ३२६ मत ल्याउँदा एमालेका हरिकृष्ण व्यन्जनकारले १४१ मत प्राप्त गरेका छन् । त्यसैगरी, पोखरा महानगरमा एमालेका कृष्ण थापाले ७४ मत ल्याउँदा गठबन्धनका तर्फबाट नेकपा९एकीकृत समाजवादी० का उम्मेदवार धनराज आचार्यले ७६ मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगरमा भने गठबन्धन तथा एमालेका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । शाहले ८४२ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले ७२३ र कांग्रेसकी सिर्जना सिंहले ५०९ मत प्राप्त गरेकी छिन् ।