१३ बैशाख २०८१, बिहीबार
Follow Us

बुद्ध जन्मजयन्तीमा भेला हुन् नेपाली दूतावास लण्डनको अनुरोध

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७९, शनिबार १८:४४

लण्डन । लण्डनस्थित नेपाली दूतावासले २५६६ औं जन्मजयन्ती समारोहमा उपस्थित हुन् नेपाली समुदायलाई अनुरोध गरेको छ ।

दूतावासले शनिवार एक सूचना जारी गर्दै २२ मे मा लण्डनस्थितट्राफल्गर स्क्वाएरमा आयोजना हुने सो कार्यक्रममा सहभागी हुन आग्रह गरेको हो ।

भगवान गौतम बुद्धको २५६६ औं जन्मजयन्ती मनाउने एवं जन्मस्थल लुम्बिनी लगायत नेपालका पर्यटकीय स्थलहरुको बेलायतमा प्रचार प्रसार गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको दूतावासले जनाएको छ ।

नेपाली राजदूतावासको सहयोगमा बुद्ध फाउण्डेसन यूकेको आयोजनामा हुने कार्यक्रममा बेलायतमा रहेका नेपाली संघ संस्थाहरुलाई सहभागी हुन आग्रह गरिएको छ ।