१४ बैशाख २०८१, शुक्रबार
Follow Us

१४ पालिकाको परिणाम सार्वजनिक, २५८ स्थानमा कांग्रेसको अग्रता

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७९, शनिबार १८:५१

काठमाडौँ । देशभर स्थानीय तह निर्वाचनको मतगणना जारी छ । शनिबार मध्यरातिसम्ममा १४ वटा स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म निर्विरोध भएका समेत गरी नेकपा एमालेले ६, नेपाली कांग्रेसले ५, नेकपा एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले १ पालिकाको प्रमुख जितेका छन्।

माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँपालिका एमाले, कांग्रेस, एकीकृत समाजवादीसहितको गठबन्धनलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्षसहित बहुमत सिट जितेको छ। अहिलेसम्म निर्वाचित भएकामध्ये मनाङको नासोँ गाउँपालिकामा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल थियो। त्यहाँ गठबन्धनबाट कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ निर्वाचित भएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रका वेदबहादुर गुरुङ निर्वाचित भएका छन् । त्यसबाहेक अन्यमा भने दलहरु एक्ला-एक्लै प्रतिस्पर्धामा थिए। कांग्रेस गुल्मीको रेसुङ्गा नगरपालिकामा मेयर, उपमेयर र बहुसंख्यक वडाध्यक्ष समेत जितेको छ । २०७४ सालमा भएको स्थानीय तह निर्वाचन सदरमुकाम रहेको रेसुङा नगरपालिकामा एमालेले जीत हासिल गरेको थियो।

निर्विरोध निर्वाचित भएका तीन स्थानीय तहलाई अलग गर्ने हो भने अहिलेसम्म ११ स्थानीय तहको अन्तिम परिणाम आएको छ । त्यसमध्ये नेकपा एमालेले ५, कांग्रेस ५ र माओवादी केन्द्रले १ स्थानमा जितेको छ ।

शनिबार राति १२ बजेसम्मको परिणामअनुसार कांग्रेसले २६० स्थानमा अग्रता लिएको छ भने एमालेले १६७ स्थानमा अग्रता लिएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले १०३, एकीकृत समाजवादीले १० र जसपाले २३ स्थानमा अग्रता बनाएका छन् ।