६ बैशाख २०८१, बिहीबार
Follow Us

आइपीएल: कोलकत्ताको छैटौं जित

नेपालब्रिटेन संवाददाता
१ जेष्ठ २०७९, आईतवार ०३:४१

हैदरावाद । सनराईजर्स हैदरावादलाई ५४ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा कोलकत्ता नाइट राइडर्सले छैटौं जित निकालेको छ । शनिबार राति कोलकत्ताले दिएको १७८ रनको लक्ष्य पछ्याएको हैदरावाद २० ओभरमा ८ विकेट गुमाएर १२३ रनमा समेटियो । हैदरावादका अभिषेक शर्माले सर्वाधिक ४३ रन बनाए । कोलकत्ताका आन्द्रे रसेलले ३ विकेट लिए ।

यसअघि पुनेमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १७७ रनको योगफल खडा गर्यो । कोलकत्ताका आन्द्रे रसेलले सर्वाधिक ४९ रन बनाए । हैदरावादका उम्रन मलिकले ३ विकेट लिए । जितपछि कोलकत्ता १२ खेलबाट १२ अंक जोडेर छैटौं स्थानमा छ । हैदरावाद १२ खेलबाट १० अंक जोडेर आठौं स्थानमा छ ।