१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भरतपुरको मतगणना स्थगित

नेपालब्रिटेन संवाददाता
१ जेष्ठ २०७९, आईतवार १०:१४

भरतपुर । मतपत्रमा लगाइएको स्वस्तिक छापको विषयमा मुख्य निर्वाचन अधिकृतले फरक–फरक व्यवहार गरेपछि नेकपा एमालेले आपत्ति जनाएको छ । एमालेको आपत्तिपछि भरतपुरको मतगणना स्थगित भएको छ । एमालेको मेयर पदको चिह्नमा लगाइएको स्वस्तिक छापलाई निर्वाचन अधिकृतले पहिला मानेर पछि अमान्य भनेपछि एमालेले विरोध जनाएको हो ।

बुढानिलकण्ड नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार मिठाराम अधिकारीले अग्रता लिएका छन् । उनले २ हजार ५८ मत प्राप्त गरेका छन् । शङ्खरापुर नगरपालिकाको प्रमुखमा १ हजार ३०२ मतका साथ एमालेका उम्मेदवार कृष्ण लाल बजगाईं अग्र स्थानमा छन् ।