१२ बैशाख २०८१, बुधबार
Follow Us

काठमाडौंमा बालेन स्थापित भन्दा दोब्बर मतान्तरले अगाडि

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०७९, आईतवार १८:०३

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन साहले दुई हजार बढीको मतान्तर बढाएका छन् । जारी मतगणनानमा उनले निकटतम प्रतिस्पर्धी एमालेका उम्मेद्वार केशव स्थापितसँग २ हजार ६२ को मतान्तर बढाएका हुन्।

शनिवारबाट जारी मतगणनामा आइतबार राती साढे ११ बजेको परिणाम अनुसार साहले ४३६५ मत प्राप्त गरेका छन् भने स्थापितले २३०३ मत प्राप्त गरेका छन् ।

कांग्रेसकी सिर्जना सिंहले २०६७ मत प्राप्त गरेकी छिन् । हालसम्म महानगरमा वडा नम्बर १ को मतगणना सकिएको छ । वडा नम्बर २,३,४,३१ र ३२ को मतगणना जारी छ ।