१३ बैशाख २०८१, बिहीबार
Follow Us

बागलुङ १२ मा गठबन्धनलाई धक्का, स्वतन्त्र उम्मेदवार शर्मा विजयी

नेपालब्रिटेन डट कम्
२ जेष्ठ २०७९, सोमबार १५:३०

काठमाडौं । पाँच दलीय गठबन्धनलाई चुनौती दिँदै बागलुङको वडा नं. १२ मा स्वतन्त्र उम्मेदवारी दिएका कोपिलामणि शर्मा वडाअध्यक्षमा विजयी भएका छन् । शर्माको प्यानल नै विजयी भएको छ ।

जिल्लामा गठबन्धन बनाएर चुनाव लडेको नेपाली कांग्रेसले वडा नंं १२ अमलाचौरमा जनमोर्चालाई छोडिदिएको थियो । तर, पार्टीले गरेको निर्णयलाई चुनौती दिँदै नेपाली कांग्रेसका स्थानीय पाका नेता कोपिलामणि शर्माले प्यानलै बनाएर चुनाव लडेका थिए । सोमबार सम्पन्न मतगणनामा शर्माले २०७४ मा एमालेबाट वडा अध्यक्षमा निर्वाचित गुरुप्रसाद पाठकलाई ५ सय मतान्तरले पराजित गरेका छन् ।

वैशाख ३० गते भएको निर्वाचनमा मुढा चुनाव चिन्ह लिएका शर्माले पाठकलाई पराजित गरेका हुन् । शर्माले १३३८ मत प्राप्त गरे । उनका निकतटम प्रतिस्पर्धी पाठकले ८०१ मत ल्याए । यस्तै गठबन्धनबाट उठेका लोकनाथ शर्माले १७८ मत मात्र प्राप्त गरे ।

गाउँमा सबैसँग राम्रो सम्बन्ध रहेका शर्मा २०४९ सालदेखि लगातार स्थानीय निर्वाचनमा लड्दै आएका थिए ।