६ बैशाख २०८१, बिहीबार
Follow Us

न्युक्यासलसँग पराजित आर्सनललाई गम्भीर धक्का

नेपालब्रिटेन संवाददाता
३ जेष्ठ २०७९, मंगलवार ०३:५९

लन्डन । शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुने आर्सनलको लक्ष्यमा धक्का लागेको छ । सोमबार राति भएको इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडसँग २-० अन्तरले पराजित भएसँगै आर्सनलको च्याम्पियन्स लिग यात्रा कठिन बनेको हो ।

आर्सनल रोकिदा लन्डन क्लब टोटनहमलाई फाइदा पुगेको छ । उसको आर्सनल भन्दा दुई अंक बढी छ । अब अन्तिम खेलले च्याम्पियन्स लिगमा छनोट हुने चौथो टोलीको टुंगो लाग्नेछ । न्युक्यासल घरेलु मैदान जेम्स पार्कमा वेन वाइटले आत्माघाती गोल गर्दा आर्सनल ५५औं मिनेटमा १-० ले पछि परेकाे हाे ।

ब्रुनोले खेल सकिन पाँच मिनेट अघि गोल गर्दा आर्सनल स्तब्ध बनेको थियो । हारसंगै ३७ खेलबाट ६६ अंक बनाएको आर्सनल पाँचौ स्थानमा छ । न्युक्यासल समान खेलबाट ४६ अंक सहित १२औं स्थानमा छ ।