१३ बैशाख २०८१, बिहीबार
Follow Us

रोयल मेल मार्फत डकुमेन्ट पठाउन नेपाली दूतावासको आग्रह  

नेपालब्रिटेन डट कम्
४ जेष्ठ २०७९, बुधबार २१:२०

 

लन्डन । नेपाली दूतावास लन्डनले आफ्नो सेवा सुविधा थप प्रभावकारी र सर्वसुलभ बनाउन पोष्टल अर्डरका लागि स्थानीय हुलाक सेवा (रोयल मेल) प्रभावकारी रहेको भन्दै सोही माध्यमबाट दूतावासमा कारोवार गर्न आग्रह गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै दूतावासले सो कुरा जानकारी गराएको हो ।

संयुक्त अधिराज्य (बेलायत), आयरल्याण्ड र माल्टामा बसोबास गर्ने नेपाली नागरिक तथा अन्य सेवाग्राहीहरुले राहदानी, भिसा लगायत सेवाका लागि आवेदन दिई तयार कागजातहरु दूतावासमा पठाउँदा कुरियर कम्पनीहरुमार्फत बढी खर्चिलो भएको गुनासो प्राप्त भएकाले रोयल मेल प्रयोग गर्दा कम खर्च र थप सहज हुने दूतावासले जनाएको छ ।

रोयल मेलको यस लिंकमा गएर ‘Send an item now’ मा क्लिक गरेपछि आवश्यक साइज र तौलको छनौट गरि एक सय ग्रामसम्मको तौललाई ६८ पेन्स र ठूलो साइजको चिट्ठी बढीमा ७५० ग्रामसम्म एक पाउण्ड पाँच पेन्समात्र तिरे पुग्छ ।

तर, राहदानी तथा अन्य महत्वपूर्ण कागजातहरु सुरक्षित रुपमा पठाउनु पर्ने भएको हुँदा ‘International Tracked & Signed’ मा क्लिक गरेर भरपर्दो सेवा प्राप्त गर्न सकिनेछ ।

अनलाइनबाट नै सुविधा प्राप्त गर्न सकिने भरपर्दो र सर्वसुलभ भएको दूतावासको ठहर छ । अन्य विस्तृत जानकारीको लागि दूतावासद्वारा जारी विज्ञप्ति हेर्न  यहाँ क्लिक गर्नुहोला ।  सामान पठाउन यहाँ क्लिक गर्नुहोला ।