८ बैशाख २०८१, शनिबार
Follow Us

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री कार्की लण्डनमा

नेपालब्रिटेन डट कम्
५ जेष्ठ २०७९, बिहीबार २२:३२

लन्डन । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की बिहीबार राती लन्डन आइपुगेका छन् ।

कार्की करिब डेढ साता लामो व्यक्तिगत तथा केही व्यवसायिक भ्रमणका लागि लन्डन आएका हुन् । साथमा धर्मपत्नी शान्तादेवी बस्नेत पनि छन् ।

मन्त्री दम्पत्तिको स्वागतका लागि नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, महेशकुमार दाहाल, समितिका उपसभापति रिचर्ड गुरुङ, सुभाष राई, महामन्त्री इन्द्रहाङ लिङ्देन, जनसम्पर्क समितिका अन्य पदाधिकारी विमान स्थल पुगेका थिए ।

उनको स्वागतमा रोजिहिरा फाण्डेशनकी अध्यक्ष रोजिना प्रधान राई, यूके नेपाल फ्रेण्डसीप सोसाइटीका वरिष्ठ सल्लाहकार हिराधन राई लगायत विमानस्थल पुगेका थिए ।