८ बैशाख २०८१, शनिबार
Follow Us

एभर्टन रेलिगेशनबाट बच्यो

नेपालब्रिटेन संवाददाता
६ जेष्ठ २०७९, शुक्रबार ०६:१६

लन्डन । ६८ वर्ष लामो इंग्लिस प्रिमियर लिग फुटबलको ईतिहास बोकेको एभर्टन बिहीबार राति क्रिस्टल प्यालेसलाई हराउँदै रेलिगेशनबाट बचेको छ । प्यालेससंग २-० ले पछि परेको स्थिति उल्टाउदै ३-२ को जित निकालेर एक खेक बाकी रहदै एभर्टनले इंग्लिस प्रिमियर लिगको हैसियत कायम राखेको हो ।

जेयान र जोर्डनको गोलसंगै भ्रमणकारी टोली प्यालेस पहिलो हाफमा २-० ले अग्रता लियो । तर दोस्रो हाफमा माइकल केइन, रिचार्लिसन र कार्भाटको गोलमा एभर्टनले पुनरागमन गर्यो । जितसंगै एभर्टन ३७ खेलबाट ३९ अंक सहित १६औं स्थानमा छ । प्यालेस ४५ अंकसहित १३औं स्थानमा छ ।

एभर्टनको जितसंगै अब अन्तिम खेलबाट एक टिमको रेलिगेशन पक्का हुनेछ । अब वर्नली र लिड्स युनाइटेड मध्य एक दोस्रो डिभिजनमा घटुवा हुनेछन् । यस अघिनै वाटफोर्ड र नर्विच रेलिगेशनमा परिसकेका छ । यता, अन्तिम खेल्बाटनै लिगको विजेता टुंगो लाग्नेछ ।

चेल्सी लेस्टरसंग रोकियो
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीवार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीसंग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रीजमा चेल्सीले पुनरागमन गरेको हो । लेस्टरका जेम्स म्याडिसानले गोल गर्दै छैटौं मिनेटमा अग्रता लिए । चेल्सीका मार्कोस एलोन्सोले गोल गर्दै ३४औं मिनेट खेल १-१ को स्थितिमा ल्याए ।

बराबरिसंगै ३६ खेलबाट ७१ अंक सहित तेस्रो स्थानमा छ । समान खेलबाट ४९ अंक सहित नवौं स्थानमा छ । अर्को खेलमा क्रिष्टल प्यालेससंग २-० ले पछि परेको स्थिति उल्टाउदै ३-२ को जित निकालेर एक खेक बाकी रहदै एभर्टनले इंग्लिस प्रिमियर लिगको हैसियत कायम राखेको हो । जितसंगै एभर्टन ३७ खेलबाट ३९ अंक सहित १६औं स्थानमा छ । प्यालेस ४५ अंक सहित १३औं स्थानमा छ ।

एभर्टनको जितसंगै अब अन्तिम खेलबाट एक टिमको रेलिगेशन पक्का हुनेछ । अब वर्नली र लिड्स युनाइटेड मध्य एक दोस्रो डिभिजनमा घटुवा हुनेछन् । यस अघिनै वाटफोर्ड र नर्विच रेलिगेशनमा परिसकेका छ ।