June 28, 2022
3:46 AM | 8:31 AM
ताजा खबर

बेथानचोक अध्यक्षमा भगवान अधिकारी निर्वाचित

  20/05/2022 मा प्रकाशित

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार भगवान अधिकारी अत्याधिक मतसहित विजयी भएका छन्। खसेको १० हजार ७३४ मतमध्ये अधिकारीले ६ हजार १९ मत ल्याए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका कमलप्रसाद तिमल्सिनाले ३ हजार १६० मत ल्याए ।

पत्रकारितामा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका अधिकारी काभ्रेमा कांग्रेसका आशालाग्दा नेता मानिन्छन् । केही समय प्राध्यापन पेसामा बिताएका अधिकारीले अहिलेसम्म कुनै पनि लाभको पद लिएका थिएनन्।

उनी २०६२/६३ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने विद्यार्थी पुस्ताका नेता हुन् । उनले नेविसंघको पूर्वकेन्द्रीय सदस्य तथा नेविसंघ काभ्रेको पूर्वजिल्ला सभापतिका रूपमा कार्यकाल सम्हालिसकेका छन्।

यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार रहेकी तारा राना तिमल्सिना ४ हजार ४९८ मतसहित विजयी भइन् । एमालेकी सरला केसीले ३ हजार ५७३ मत ल्याएर उपाध्यक्षमा पराजित भइन् ।

१,२, ४ र ६ मा कांग्रेसको प्यानल नै विजयी भयो। त्यसैगरी वडा ५ मा स्वतन्त्र उम्मेदवार राजकुमार वाइवा वडाध्यक्षमा विजयी भए । यस वडामा कांग्रेसका दुई तथा स्वतन्त्रबाट दुईजना सदस्य निर्वाचित भए ।

प्रतिक्रिया