१३ बैशाख २०८१, बिहीबार
Follow Us

शिक्षा मन्त्री पौडेल आज लण्डन उत्रिदै

नेपालब्रिटेन डट कम्
७ जेष्ठ २०७९, शनिबार १५:३७

लण्डन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल आज लण्डन आउदैछन् ।

नेपाली दूतावास लण्डनकी प्रवक्ता रोशन खनालका अनुसार पौडेल वल्र्ड एजुकेशन फोरमको आयोजनामा लण्डनमा आइतवार देखि सुरु हुने एक अन्तराष्ट्रिय शिक्षा सम्मेलनमा भाग लिन बेलायत आउन लागेका हुन् ।

शिक्षा र विज्ञ सम्बन्धी संसारकै सबै भन्दा ठूलो सो सम्मेलनमा विश्वका १०७ देशका ११२ जना मन्त्रीहरुको सहभागीता रहने छ ।

पौडेल कतार एरवेज मार्फत आज साँझ ८ बजे हित्रो विमानस्थलको टर्मिनल ५ मा उत्रिने तयारीमा छन् ।

चार दिन सम्म चल्ने सो सम्मेलनमा शिक्षा मन्त्रालयका सचिव यादव प्रसाद कोइराला समेत सहभागी हुनेछन ।

मन्त्री पौडेल करिब १० दिन बेलायतमा रहने बताइएको छ ।