१३ बैशाख २०८१, बिहीबार
Follow Us

सुष्मिता रेग्मीलाई यथाशिघ्र न्याय दिन एनआरएनए अध्यक्ष थापाको अपिल

नेपालब्रिटेन डट कम्
९ जेष्ठ २०७९, सोमबार ०२:१०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) की अध्यक्ष रविना थापाले ८ वर्ष अघि सुन्दरी प्रतियोगिताका आयोजकद्धारा बलात्कृत भएकी सुष्मिता रेग्मीको पक्षमा आवाज उठाएकी छन् ।

थापाले रेग्मीलाई यथाशिघ्र न्याय दिलाउन र आरोपीलाई कडा भन्दा कडा सजाय दिनको लागि सम्पूर्ण गैरआवासीय नेपालीहरुको तर्फबाट जोड माग गरेकी छन् ।

थापाले यो घटना पनि निर्मला हत्याकण्ड जस्तो ओझेलमा नपरोस भनि नेपाल सरकारको ध्यानार्कषण गराएकी छन् ।

थापाले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत भनेकी छन् “यस्ता घटनाहरु अन्य थुप्रै हुन सक्छन् जो अशिक्षा तथा सामाजिक परिवेशले गर्दा बाहिर आउन सकिरहेका छैनन् । अझ पनि किशोरीहरु यस्ता घटना लुकाई रहेका हुन्छन् । यस्ता घटनाहरु बाहिर ल्याउन उनीहरुलाई समय लाग्ने हुन्छ जो सुष्मिताको घटनामा देखिएको छ ।
थापाले हाल प्रावधान रहेको बालात्कार एवं यौनजन्य दुव्र्यवहारमा भएको कानुनी हदम्यादलाई तुरुन्त खारिज गरी त्यसको हदम्याद नतोकिने र जहिले सुकै पनि उजुरी गर्न पाउने कानुनी व्यवस्थाको लागि नेपाल सरकार समक्ष आग्रह गरेकी छन् ।”

साथै उनले विद्यालयहरुमा ७ कक्षा देखी नै अनिवार्य रुपमा यौन शिक्षालाई शसक्त रुपमा लागु समेत अनुरोध गरेकी छन् ।

हालसालै सामाजिक संजाल मार्फत सुष्मिता रेग्मीलले ८ वर्ष अघि सुन्दरी प्रतियोगिताका आयोजकले बलात्कार गरेको घटना सार्वजनिक गरेकी थिइन् ।