१५ बैशाख २०८१, शनिबार
Follow Us

बुद्ध जयन्तीमा मेयर विष्णु गुरुङ ‘अपमानित’

नेपालब्रिटेन डट कम्
९ जेष्ठ २०७९, सोमबार २०:४९

लण्डन । लण्डन बरो अफ हन्स्लोका ५६ औं मेयर विष्णु गुरुङलाई बुद्ध फाउण्डेसन युकेका पदाधिकारीहरुले अपमान गरेका छन् ।

बुद्ध फाउण्डेसन युकेको आयोजनामा लण्डनको केन्द्र ट्राफल्गर स्क्वायरमा आयोजित ‘२५६६ औै बुद्धजयन्ती’ समारोहमा आयोजकले उनी माथि अपमान गरेका हुन्।

आयोजकको निन्त्रणामा कार्यक्रम स्थलपुगेका गुरुङलाई आयोजकले देख्दैनदेखे जस्तो गरेका थिए । उनको लागि बस्ने व्यवस्था समेत आयोजकले गरेका थिएनन् । गुरुङ कार्यक्रममा पुगेर अतिथिको रुपमा सहभागी सांसद विरेन्द्र शर्मासंगै रहेको कुर्सीमा बसे पछि आयोजकले त्यहाँबाट उठ्न भनेका थिए ।

गुरुङ कार्यक्रम स्थलमा पुगे पनि आसन ग्रहणको लागि नाम समेत उच्चारण नगरे पछि गुरुङ कार्यक्रम स्थल छोडेर हिडेको कार्यक्रममा उपस्थित मध्येका एक सहभागीले जनाए ।

गुरुङले आयोजकलाई आफु कार्यक्रममा स्थलमा पुगेको जनाउ पनि दिएका थिए तर उनको नाम नलिेए पछि आक्रोश पोख्दै कार्यक्रम स्थल छोडेका थिए । गुरुङले कार्यक्रम स्थल छोडे पछि कार्यक्रम संचालकले यहाँकतै गुरुङलाई देखेको तर अहिले कार्यक्रम छोडेर गैसकेको भनेका थिए ।

गुरुङले नेपाली समुदायले मेयरको प्रोटोकल बुझ्नु पर्ने बताए । ‘म निमन्त्रणा गरेर त्यहाँ पुगेको थिए । आयोजकले आफ्नो तयारी त गर्नु पर्ने हो तर प्रयाप्त तयारी देखिन, त्यसैले म अल्लि पहिला कार्यक्रम छोडेर हिडे’ गुरुङले नेपालब्रिटेन डट कमसंग भने ।

कार्यक्रममा नेपालका शिक्षामन्त्री देवेन्द्र पौडेल प्रमुख अतिथिका रुपमा सहभागी थिए । त्यस्तै, नेपालबाट आएका ‘वल्र्ड पिस सेन्टर’ का संस्थापक स्याल्पा तेन्जिङ रिम्पोचे तथा थाइल्यान्ड, भारत, श्रीलंका, मंगोलियालगायतका मुलुकबाट राजदूत एवं कूटनीतिक प्रतिनिधिहरु कार्यक्रमका विशेष अतिथि सहभागी थिए ।