६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए विधान संशोधन गर्न परार्मश सुरु

नेपालब्रिटेन डट कम्
१० जेष्ठ २०७९, मंगलवार ०३:०९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधान संशोधनको लागि आवश्यक तयारी सुरु गरिएको छ ।

संघको विधान समितिका संयोजक डा. हेम राज शर्माको अध्यक्षतामा सोमवार बसेको पहिलो बैठकले कार्यविधि तयार गरेको समितिको सदस्य सचिव गंगाधार गौतमले जानकारी दिए ।
बैठकले संघको विधानमा सदस्यता वितरण, राष्ट्रिय महाधिवेशन, महाधिवेशन प्रतिनिधि चयन, अन्तराष्ट्रिय महाधिवेशन र निर्वाचन पद्धती लगायतका विषयमा केन्द्रीत रहेर कार्यविधि बनाउने निर्णय गरेको छ ।
बैठकमा संघको १० औं महाधिवेशनमा देखिएका चुनौती र विधान कार्यान्वयनमा देखिएका समस्याका बारेमा छलफल भएको थियो ।

बैठकले आगामी एक हप्ताभित्र संघका अध्यक्षत्रय कुल आचार्य, रविना। थापा र डा. बद्री केसी र महासचिवद्धय गौरी जोशी र डा. केशव पौडेललाई। समितिको बैठकमा छलफलको लागि बोलाउने निर्णय गरेको छ ।
बैठकमा समितिका सदस्यहरु यासमिन वेगम सयैद, नारायण आचार्य, भूषण घिमिरे, नरेन्द्र भाट र महेश श्रेष्ठको उपस्थिती थियो ।