१५ बैशाख २०८१, शनिबार
Follow Us

नवौं राष्ट्रिय खेलकुद: एनआरएनए खेलाडी दर्ताको समय थपियो

नेपालब्रिटेन डट कम्
१० जेष्ठ २०७९, मंगलवार ०३:५९

‘आगामी मे ३१ तारिखसम्म खेलाडी दर्ता’

लण्डन । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गैर आवासीय नेपाली संघ एनआरएनए स्पोर्टसले खेलाडी दर्ताको समय थप गरेको छ।

जेठ २२–२८ गतेसम्म आयोजना गर्ने गरि मन्त्रिपरिषद्ले निर्णय गरे पनि पछिल्लो समय तयारी पूरा नहुने अवस्थाका कारण प्रतियोगिता केही पर धकेलिने खबरहरु पनि सार्वजनिक भइरहेका छन्।

तर, राष्ट्रिय खेलकुद परिषद् राखेपबाट औपचारिक जानकारी नआएको एनआरएनए स्पोर्टसले आफ्नो तयारी तीब्र गतिमा अघि बढाइरहेको एनआरएनएका कार्यबहाक सदस्य सचिव धर्मराज गिरीले जानकारी दिए।

एनआरएनएले पहिलो पटक आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएको भन्दा यस पटक धेरै खेलमा सहभागीता जनाउँदै छ। १८ खेलमा सहभागीता जनाउने गरि विभिन्न देशका एनसीसीहरुलाई खेलाडी दर्ताका लागि आह्वान गरिएको थियो।

अहिले धेरै एनसीसीहरुले खेलाडी दर्ताको काम गरिरहेको बताउँदै केही खेलाडीहरु छुटेको कुरा आए पछि आगामी मे ३१ तारिखसम्म खेलाडी दर्ता गराउन आह्वान गरिएको कार्यबहाक सदस्य सचिव गिरीले बताए।