१२ बैशाख २०८१, बुधबार
Follow Us

आईपीएल क्रिकेटका प्ले–अफ् खेलहरु आजबाट

नेपालब्रिटेन संवाददाता
१० जेष्ठ २०७९, मंगलवार ०४:५२

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका प्ले–अफ् खेलहरु आज मंगलबारबाट हुने छन् । मंगलबार हुने पहिलो क्वालिफायरमा गुजरात टाइटान्स र राजस्थान रोयल्स भिड्नेछन् ।

यो खेल कोलकाताको इडन गार्डेनमा नेपाली सयम अनुसार मंगलबार बेलुकी पौने ८ बजे सुरु हुनेछ । लिग चरणमा शिर्ष स्थानमा रहेको गुजरात र दोस्रो स्थानमा रहेको राजस्थानबीचको विजेता फाइनलमा प्रवेश गर्नेछ ।

मंगलबार पराजित हुने टोलीले फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ । दोस्रो क्वालिफायरमा उसको भिडन्त लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरमध्ये एक टोलीसँग हुनेछ ।

लिग चरणमा तेस्रो र चाथो स्थान लिएका लखनउ र बैंगलोरले बुधबार एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् । विजेताले मंगलबारको खेलमा पराजित हुने टोलीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नुपर्ने प्रावधान आइपिएलमा रहेको छ ।