६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए अमेरिका सल्लाहकार बोर्ड गठन

नेपालब्रिटेन डट कम्
११ जेष्ठ २०७९, बुधबार ०२:३७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको सल्लाहकार बोर्ड गठन भएको छ ।
एनआरएनए अमेरिकाको सल्लाहकार परिषद्मामा बिनोद भट्ट, विष्णु अधिकारी, बुद्धराज कालाखेती, चित्रा केसी, सुमन पराजुली, डा ज्ञानल थापा, जय पी मण्डल, खगेन्द्र अधिकारी, कृष्ण पी लामिछाने, ओम भट्टराई, पीताम्बर अधिकारी
प्रविण केसी, प्रेम पौडेल, प्रियरञ्जन दाहाल, राम खनाल, शिव बनिया, सुन्दर कर्माचार्य र तरुण पौडेल रहेका छन् ।
यस्तै संघले लुइसियाना र अर्कान्सासमा क्रमशः यदु काफ्ले र नगेन्द्र योगीलाई फोकल पर्सनको जिम्मेवारी दिएको छ ।

यस्तै एनआरएनए अमेरिकाको महिला उपाध्यक्षमा सुनीता खत्री, सरस्वती खनाल महिला संयोज चयन भएकी छन् । संघको बोर्ड अफ डाइरेक्टरमा मिन खडका र जयेन्द्र लामा मनोनित भएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको साधारणसभा आगामी जुलाई ३ र ४ माँ टेक्सास्को डाल्लासमा हुदैछ । सो साधारणसभालाई सफल पार्न बरिष्ठ उपाध्यक्ष सिपी पौडेललाई संयोजक तोकिएको छ ।