८ बैशाख २०८१, शनिबार
Follow Us

परराष्ट्रमन्त्री खड्का स्वीडेन आउने, एनआरएनएसंग अन्तरक्रिया गर्ने

नेपालब्रिटेन डट कम्
१३ जेष्ठ २०७९, शुक्रबार २१:३२

लण्डन । परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्वीडेनको ४ दिने औपाचारिक भ्रमण गर्ने भएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वीडेनका अध्यक्ष राज कुमार पाठकका अनुसार खड्का सहित पाँच जनाको टोलीले स्वीडेन सरकारको निमन्त्रणामा ४ दिने कुटनीतिक भ्रमण गर्न लागेको हो ।

आगामी मंगलवार सांझ मन्त्री खड्काले स्वीडेनस्थित नेपाली समुदायसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने एनआरएनए स्वीडेनले जनाएको छ।

सो अन्तरक्रिया कार्यक्रमलाई गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुल आचार्यले समेत सम्बोधन गर्ने भएका छन् ।