१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनको तयारी तिब्र

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०७९, सोमबार २०:३०

थाइल्याण्ड । एनआरएनए एसिया प्यासिफिकको पहिलो बैठक भर्चुल माध्यामबाट सम्पन्न भएको छ। बैठकले प्रस्तावीत ५ वटा बुँदामा छलफल तथा निष्कर्ष निकालेको छ।
पहिलो बुँदामा आठौ क्षेत्रिय सम्मेलन थाइल्याण्डमा गर्ने निर्णय गरेको छ। आउँदो अगस्त २६ देखि २८ सम्म विलेटीयन होटलमा हुने वैठकले निर्णय गरेको छ।

सम्मेलनको तयारी तीव्र भएको र आतिथ्यताको लागि व्यग्र प्रतीक्षामा रहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतले बताएका छन्।
त्यस्तै ‘एनआरएनए ग्लोबल स्पीच कन्टेस्ट’ प्रतियोगितालाई निरन्तरता दिने बैठकले निर्णय गरेको छ। गैरआवासिय नेपाली संघ एसिया प्याशिफिक युवा कमिटिको आयोजना, एनआरएन एसिया प्याशिफिक तथा एसिया प्याशिफिकका सबै एनसिसीको सक्रियतामा सम्पन्न प्रतियोगितामा एतिहासिक सफलताको साथ सम्पन्न भएको थियो।

बैठकले एमआईएस सिस्टमको भरपर्दो र पारदर्शी ढंगले सदस्यता खोलिने र भरपूर उपयोग गर्ने निर्णय गरेको छ। त्यस्तै बैठकले प्रदेश स्तरीय भलिवल प्रतियोगितामा एनआरएनए एसिया प्यासिफिकको सहभागिता विषयमा छलफल पनि भएको थियो।

बैठकले गैर आवासीय नेपाली संघको बिधान अनुशार एशिया प्यासफिक क्षेत्रिय सचिवमा एनआरएनए चाइनाबाट प्रतिनिधित्व गर्दै आएका आईसिसि सदस्य प्रदीप न्यौपानेलाई नियुक्त गरेको छ।

को हुन् प्रदीप न्यौपाने
लामो समय देखि चाइना लाई आफ्नो कर्मभूमि बनाउँदै आएका न्यौपाने एनआरएनए चाइनाका पूर्व अध्यक्ष पनि हुन्। एशिया प्यासिफिक क्षेत्रबाट संचालित एनआरएनए ग्लोबल स्पीच कन्टेस्ट, लगायत विभिन्न एनआरएनए गतिविधि कार्यक्रममा उल्लेखनीय योगदान गर्दै आएका उनी कोविड महामारीको विश्वनै आक्रान्त भएको अवस्थामा विभिन्न मुलुकहरुवाट उपलब्ध सहयोग रकमबाट स्वास्थ्य परीक्षण उपकरण, स्वास्थकर्मीहरुका लागि सुरक्षाका सामाग्री खरिद गरी नेपालमा उपलब्ध गराउन उनको महत्वपूर्ण भूमिका रहेको थियो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष महेश श्रेष्ठ, उपमहासचिव ओम गुरुङ, डीपि कडेल, महिला सचिव टिका गुरुङ (राधिका), एसिया प्यासिफिक संयोजक पारसमणि पोखरेल, एसिया प्यासिफिक उपसंयोजक नवीन विक,दीपक कडेल, ददिवल खड्का, एशिया प्यासफिक महिला उपसंयोजक इन्दिरा तिवारी, एशिया प्यासफिक युवा उपसंयोजक रञ्जन कुँवर लगायत आइसिसि सदस्य, राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुको उपस्थित रहेको थियो भने बैठक सञ्चालन एशिया प्यासिफिक संयोजक पारसमणि पोखरेलले गर्नुभएको थियो।