८ बैशाख २०८१, शनिबार
Follow Us

नेपाल पत्रकार महासंघ यूकेमा संरक्षक मण्डल गठन

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०७९, सोमबार २३:३७

लन्डन । नेपाल पत्रकार महासंघ यूकेभित्र एक संरक्षक मण्डल गठन भएको छ ।

शाखाका पूर्वअध्यक्षहरु समेत रहेको ७ सदस्यीय संरक्षक मण्डलको गठन गरिएको शाखाका महासचिव नरेन्द्र बस्नेतले जानकारी दिए ।

शाखामा संस्थापक अध्यक्ष नवीन पोखरेल, बरिष्ठ पत्रकार भगीरथ योगी, पूर्वअध्यक्षहरु चिरन शर्मा, नरेश खपांगीमगर, विपिन निरौला, श्याम लुईटेल र विमला सेने रहेको एक संरक्षक मण्डल रहने व्यवस्था गरिएको छ ।

यस्तै शाखाको सल्लाहकारमा निवर्तमान महासचिव संजयभक्त कंडेल, निवर्तमान सचिव डा. जगन कार्की, एभरेष्ट गौतम, बिमला लिम्बू र कर्मा पहाडी शेर्पा मनोनयन हुने भएका छन् ।