११ बैशाख २०८१, मंगलवार
Follow Us

‘ए स्टार’ को झण्डा सगरमाथाको चुचुरोमा

नेपालब्रिटेन डट कम्
१७ जेष्ठ २०७९, मंगलवार २१:४३

लण्डन । बेलायतमा सञ्चालित एक प्रतिष्ठित व्यापारिक प्रतिष्ठान ए स्टार फाइनान्सियल सोल्यूसन्सको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याइएको छ ।
हाल बेलायती सेनामा कार्यरत सैनिक तेजन गुरुङले सो झण्डा सगरमाथाको चुचुरोमा पुर्याएका हुन् । उनले ए स्टारसँगै ब्रिगेड अफ गोर्खाज क्रिकेट क्लवको झण्डा पनि शिखरमा पुर्याएका छन् । ए स्टार सो क्रिकेट क्लवको प्रायोजक रहेको छ ।
कीर्तिमानी पर्वतारोही निम्स पुर्जाको पर्वतारोहण कम्पनी एलाइट एक्सपिडिसन्सबाट गुरुङले सगरमाथा आरोहण गरेका हुन् । उनी निम्स पुर्जासँगै सगरमाथा शिखरमा पुगेका हुन् । सगरमाथा आरोहणपछि गुरुङ, विमल पुर्जा र निम्स पुर्जाले ल्होत्सेको पनि सँगै आरोहण गरेका छन् ।
ए स्टार फाइनान्सियल सोल्यूसन्सका प्रिन्सिपल चार्टर्ड फाइनान्सिल एडभाइजर मीन दर्लामीले ए स्टारको लोगो सगरमाथाको चुचुरोमा पुग्दा गर्व लागेको बताए । उनले बेलायतमा एक दशकदेखि ग्राहकहरुलाई व्यावसायिक सेवाका साथमा समुदायको सशक्तीकरण र युवाहरुलाई उत्प्रेरणाका लागि सहयोग गर्दै आएकोमा यसबाट अझै थप सहयोग गर्न हौसला मिलेको बताए ।

उनले विश्वको सर्वोच्च शिखरमा ए स्टारको झण्डा फहराएजस्तै ग्राहकलाई पनि उच्चस्तरको सेवा दिन आफूहरु प्रतिवद्ध रहेको बताए ।
एक दशकअघि स्थापित ए स्टारले बेलायतभर पेन्सन, विल (इच्छापत्र), मोर्गेज, इन्भेष्टमेण्ट, इन्स्योरेन्स, रियल स्टेट लगायतका क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ ।
यसका साथै युवाहरुलाई हौसला प्रदान गर्न विभिन्न खेलकुद प्रतियोगितामा पनि प्रायोजन गर्दै आएको छ । बेलायतमा पहिलोपटक भइरहेको नेप्लिज बास्केटबल लिग प्रतियोगिताको ए स्टार टाइटल स्पोन्सर रहेको छ भने फुटबलतर्फ ब्रिगेड ब्वाइज फुटबल क्लव र हिलिङडन गोर्खा युथ फुटबल क्लव, क्रिकेटतर्फ ब्रिगेड अफ गोरखाज क्रिकेट क्लव र गोर्खा क्रिकेट क्लव, भलिबलतर्फ केन्ट भलिबल क्लव, मार्शल आर्टतर्फ बक्सर आदिप राना, मिक्स्ड मार्शल आर्ट फाइटर युकी आङदेम्बेलगायतलाई प्रायोजन गरेको छ ।