१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भूतपूर्व गोर्खा मुद्दा वार्ता: बेलायतको नेतृत्व भेट्रान मन्त्री लियो डोकर्टीले गर्ने

नेपालब्रिटेन डट कम्
१८ जेष्ठ २०७९, बुधबार २३:३२

लन्डन । भूतपूर्व गोर्खा मुद्दामा वार्ता गर्न बेलायत सरकारका तर्फबाट वार्ता कमिटी गठन भएको छ ।

बेलायती भेट्रान मन्त्री लियो डोकर्टीको संयोजकत्वमा कमिटी गठन भएको हो ।

नेपाल सरकारका तर्फबाट संयोजक तोकिएका बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई बेलायत सरकारले ३१ मे मंगलबार वार्ता कमिटी गठन गरिएको जनाएको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले जानकारी दिए ।

प्रमुख संयोजक राईको नेतृत्वमा सत्याग्रहका कार्यकारिणी सदस्यहरु आज बुधबार दूतावास पुगेका थिए ।

सो क्रममा राजदूत आचार्यले बेलायतले मंगलबार कमिटी गठन गरेको जनाउंदै केही साताभित्र नेपाल र बेलायत सरकारका प्रतिनिधिबीच छलफल हुने जानकारी दिएका हुन् ।

राईका अनुसार, अबको केही साताभित्र दुई देशका सरकारी प्रतिनिधिबीच बैठक बस्नेछ र सो बैठकले कहिले कसरी वार्ता गर्ने, ‘टिओआर’ के हुने आदि विषयमा छलफल गर्नेछ ।