८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन विधान : अनिवार्य रुपमा एमआईएस लागु गर्ने सर्वसम्मत निर्णय

नेपालब्रिटेन डट कम्
१९ जेष्ठ २०७९, बिहीबार २०:५५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) ले सदस्यता वितरणलाई प्रभावकारी बनाउने भएको छ ।
गैरआवासीय नेपाली संघको विधान समितिको गत सोमबार बसेको बैठकले संघको पंन्जिकृत सदस्यता वितरण एमआईएस (मेम्बर इन्फरमेसन सिष्टम) मार्फत अनिवार्य रुपमा गर्ने निर्णय गरेको छ ।

विधान समितिका सदस्य–सचिव गंगाधार गौतमका अनुसार संघको ११ औं केन्द्रिय महाधिवेशन र निर्वाचन सम्पन्न गर्न विधानको पूर्ण रुपमा कार्यान्वयन गरि सम्पूर्ण राष्ट्रिय समितिमा एमआइएस (मेम्बर इन्फरमेशन सिस्टम) कडाईका साथ लागु गर्ने निर्णय गरेको हो ।

समितिका संयोजक डा हेम राज शर्माको अध्यक्षतामा भर्चुअल मार्फत बसेको दोस्रो बैठकमा संघका कार्यकारी अध्यक्षत्रय कुल आचार्य, डा. बद्री केसी र रबिना थापाको विशेष उपस्थिति थियो । बैठकमा महासचिवद्व्य गौरीराज जोशी र डा. केशव पौडेल समेत उपस्थिति थियो।

बैठकमा समितिका सबै सदस्यहरु महेश श्रेष्ठ, भुषण घिमिरे, नरेन्द्र भाट, नारायण प्रसाद आचार्य र यास्मिन बेगम शैयदको समेत उपस्थिती रहेको थियो ।

बैठकले संघको विधानलाई आवश्यकता अनुसार संशोधन गर्नको लागि व्यापक अध्ययन गर्ने जिम्मा विधान समितिले लिने निर्णय भएको छ ।

संशोधन आश्वयक देखिएमा विधान समितिले प्रस्ताव गरेको प्रस्तावलाई अनुमोदन गराउन सिधै साधारणसभामा लैजान सक्ने समेत वैठकले निर्णय गरेको छ ।
बैठकमा सहभागी अध्यक्षत्रय र महासचिवद्धयले विधान समितिले तयार परेको संशोधन प्रस्तावलाई पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।