१६ चैत्र २०८०, शुक्रबार
Follow Us

डेनमार्क र नेदरल्यान्ड विजयी

नेपालब्रिटेन संवाददाता
२१ जेष्ठ २०७९, शनिबार ०४:०९

लन्डन । बेल्जियमलाई ४-१ अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले यूइएफए नेसन्स लिग ए ग्रुप-४ को पहिलो राउन्डमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति ब्रसेल्समा डच टोलीको जितमा क्याटलान क्लब बार्सिलोनाका स्ट्राइकर मेम्फिस डिपाएले दुई तथा स्टेभन वर्गवाइन र डेन्जेल डेम्फ्रेजले समान एक गोल गरे । घरेलु टोलीका मिचे बात्सुयाईले सान्त्वना गोल गरे । जितसँगै नेदरल्यान्डले सुरुआती ३ अंक जोडेको छ । बेल्जियमा पुछारमा छ ।

यता, समूह ‘ए’ मा डेनमार्कले फ्रान्सलाई २–१ ले पराजित ग-यो । फ्रान्सका लागि करिम बन्जामिनले खेलको ५१ औं मिनेटमा गोल गरेका थिए । एन्ड्रेस कार्निलियोसले ६८ औं मिनेटमा गोल फर्काए । उनैले ८८ औं मिनेटमा अर्को गोल थपेपछि डेनमार्कको विजयी सुनिश्चित भयो ।

यसैगरी माल्दोभाले लिचेस्टनलाई २–० ले पराजित गर्दा स्लोभाकियाले बेलारुसलाई १–० ले पराजित ग¥यो । यस्तै अस्ट्रियाले क्रोसियालाई ३–० ले हरायो ।