१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाली महिला क्रिकेट टोली आज युएईसँग भिड्दै

नेपालब्रिटेन संवाददाता
२१ जेष्ठ २०७९, शनिबार ०४:१०

काठमाडौं । मलेसियामा जारी उन्नाइस वर्षमुनिको महिला आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

ट्वेन्टी–ट्वेन्टी विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले युएईसँग खेल्न लागेको हो । मलेसियाको यूकेएम–युएसडी क्रिकेट ओभलमा खेल नेपाली समय अनुसार बिहान ११ बजे शुरू हुनेछ ।

नेपाल आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहनेछ । हिजो सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले कतारलाई ७९ रनले हराएको थियो । उता युएई पनि लगातार दोस्रो जित निकाल्ने दाउसहित मैदान ओर्लने छ ।

पहिलो खेलमा युएईले भुटानलाई १६० रनले हराएको थियो । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार छन् ।