१५ चैत्र २०८०, बिहीबार
Follow Us

‘सम्झना–बिर्सना’असार ३१ मा

नेपालब्रिटेन संवाददाता
२३ जेष्ठ २०७९, सोमबार ०५:०६

प्रेमकथानक चलचित्र ‘सम्झना–बिर्सना’ को नयाँ प्रदर्शन मिति तय गरिएको छ । पहिला जेठ ६ गते दर्शकमाझ आउने तयारीमा रहेको चलचित्र स्थानीय निर्वाचनका कारण स्थगीत भएको थियो । अब भने यो चलचित्र ३१ असारमा देशभरका सिनेमा हलमा प्रदर्शन हुनेछ ।

निर्माता अद्वितीय प्रधानले ‘सम्झना–बिर्सना’ असार ३१ मा प्रदर्शन हुने जानकारी दिएका छन् । पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको चलचित्रको निर्देशन निमेष प्रधानले गरेका हुन् । अद्वितीय प्रधानको प्रस्तुति र रेबिका प्रधान निर्माता रहेको चलचित्रमा पूजा,आकाशका साथमा सुनील थापा,छुल्ठिम गुरुङ र शिसिर राणाको अभिनय छ ।

दार्जिलिङ,सिल्गुढी र सिक्कीमका रमणीय स्थानमा खिचिएको चलचित्र आरआर फिल्मस्ले बितरण गर्दैछ । निर्देशक निमेषकै कथा,पटकथा रहेको चलचित्रको सम्वाद लेखनमा उनलाई अभिनेता राणाले सघाएका छन् । शिब ढकालले खिचेको चलचित्रका गीतमा राजन इशान र सुदर्शन तामाङको संगीत अनि कमल राईको कोरियोग्राफी र तारा थापा ‘किम्भे’ को सम्पादन छ । आदित्य फिल्म्स्को प्रस्तुति रहेको फिल्मको क्रिएटिभ हेड स्व.बिशारद बस्नेत हुन् । चलचित्रको यसअघि ‘परेलीमा लुकाउछु’ बोलको गीत दर्शकमाझ आइसकेको छ ।

‘रिल’ र ‘रियल’ दुवैमा जमेको जोडीका रुपमा चर्चित पूजा र आकाशलाई दर्शकले अब यही चलचित्रमा संगै हेर्न पाउने छन् । आफूहरुले निकै मिहीनेतका साथ अभिनय गरेकाले बिगतमा झै यो चलचित्रबाट पनि दर्शकको अपार साथ र माया पाउने बिश्वास पूजा–आकाशको छ । भरपुर मनोरञ्जनका साथै जीवनोपयोगी सन्देश समेत रहेको बताइने चलचित्रकोे नयाँ गीत केही दिनमै सार्वजनीक गर्ने तयारी निर्माण पक्षको छ ।