१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए मुद्दामा सरोकारवालासंग प्रत्यक्ष छलफल हुने

नेपालब्रिटेन डट कम्
२३ जेष्ठ २०७९, सोमबार १९:४१

लण्डन । प्रवासमा बस्ने नेपालीसंग प्रत्यक्ष सरोकार राख्ने विषयमा गैरआवासीय नेपाली संघले सरोकारवालासंग प्रत्यक्ष छलफल गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार संघले जुनको दोस्रो साता संघका मुद्दासंग सम्बन्धीत सबै सरकारी निकायहरुलाई एउटै थलोमा भेला गरेर आफ्ना दृष्टीकोण राख्ने भएको हो ।

संघले नेपाली नागरिकताको निरन्तरता, एनआरएनए लगानी, प्रत्यक्ष विदेशी लगानी (एफडीआई), तेस्रो बजारमा लगानी, वैदेशिक रोजगारी, सामाजिक सुरक्षा, डलर खाता लगायतका विषयमा प्रत्यक्ष छलफल गर्ने तयारी गरेको छ ।

सो कार्यक्रममा नेपाल सरकारका उच्चअधिकारी लगायत संघका अध्यक्षहरू कुल आचार्य, डा, बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ र महासचिव डा केशव पौडेल,उपाध्यक्ष नरेन्द्रभाट, दुर्गा आचार्य र उपमहासचिव नारायण काफ्ले लगायतको सहभागीता रहने छ ।
यसअघि गैरआवासीय नेपाल संघले सो कार्यक्रममा उपस्थित सरकारी अधिकारीहरुलाई आआफ्नो सुझाव दिन चाहनेहरुले संघ मार्फत आफ्नो भनाईहरु राख्न सक्ने जोशीले जानकारी दिए ।
गैरआवासीय नेपाली नागरिकता सम्बन्धी विधेयक चालु संसदको अधिवेशनमा प्रस्तुत हुने चर्चा चुलिए पछि संघका नेताहरुले सो नागरिकतामा आफ्ना अधिकारहरु सुरक्षीत गर्न पार्टी नेताहरुसंग लविङ शुरु गरेका छ ।