१५ चैत्र २०८०, बिहीबार
Follow Us

मेरो भ्वाइस कप र मेरो डान्स कप यूएसएका उत्कृष्ट १२ चयन

नेपालब्रिटेन संवाददाता
२५ जेष्ठ २०७९, बुधबार ०५:१९

काठमाडौं । अमेरिका र क्यानडामा रहेका नेपालीहरु बीचको गायन तथा नृत्य प्रतियोगिता ‘मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए –सिजन २’ को उत्कृष्ट १२ चयन भएका छन् ।

इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका (इन्ट्राफाउन्डेशन) ले अमेरिकामा यो प्रतियोगिता आयोजना गर्दै आएको छ । उत्कृष्ट १२ मा चयन भएका दुबै प्रतियोगिताका प्रतियोगीहरु हिजो मंगलबार अमेरिकाबाट काठमाडौं आएका छन् ।

अब उनीहरु दश हप्तासम्म काठमाडौंमै रहेर आपसी प्रतिस्पर्धा गर्ने छन् । अमेरिका र क्यानडाबाट काठमाडौं आएका उनीहरुलाई आयोजक पक्षले त्रिभुवन विमानस्थलमा पञ्चेबाजासहित उनीहरुलाई स्वागत गरियो । ‘मेरो भ्वाइस कप–२’ को उत्कृष्ट १२ मा शित्तल शर्मा, मुना लकान्ड्री, बाबु खालिङ, करण तामाङ, प्रेम अङदेम्बे, मेघा पौडेल, अजित सुब्बा, सम्राट गुरुङ, सागर सुवेदी र लिला गजमेर, संगीता बोगटी छन् ।

यस्तै, ‘मेरो डान्स कप’को उत्कृष्ट १२ मा सुमन लामिछाने, सिवानी ढकाल, विशाल उप्रेती, रेजिना सुब्बा, रेनुका राई, सब्य बिष्ट, सुमिका तामाङ, आयुषा समाल लगायत छन् ।

संस्थाका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार भएको दुबै रियालिटी शोले अमेरिका र क्यानडामा रहेका नेपाली भाषी प्रतिभाहरुलाई विश्वमाझ चिनाउन मद्दत गरेको कार्यक्रम संयोजक इन्द्र बाँनियाले जानकारी दिए । यी दुबै कार्यक्रमको निर्देशक एलिन श्रेष्ठ हुन् ।

कार्यक्रममा फाउन्डेशनका नेपाल च्याप्टर अध्यक्ष दिलिप रायमाझीले अमेरिकाबाट आएका प्रतिस्पर्धीहरुलाई स्वागत गरेका थिए । सबै प्रतिस्पर्धीहरुले नेपाल आउन पाउँदा अत्यन्तै उत्साहित भएको बताए । उनीहरुले जुनसुकै देशमा रहेपनि नेपाल र नेपाली भाषालाई मनमा बोकेर हिडेको सुनाएका थिए । कार्यक्रममा भ्वाइस अफ नेपाल ३ का विजेता किरण गजमेरले प्रतिस्पर्धीहरुलाई नेपाल र नेपाली भाषालाई सधै माया गरिराख्न आग्रह गरेका थिए ।

‘मेरो भ्वाइस कप यूएसए’को निर्णायकमा दिपक जंगम, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान, सुजाता वर्मा र अर्जुन रसाइली छन् । यस्तै, ‘मेरो डान्स कप, यूएसए’को निर्णायकमा मिथिला शर्मा, दिलिप रायमाझी, केकी अधिकारी, शंकर बिसी, संचिता लुइटेल र नरमान राई छन् । दुबै कार्यक्रमको संचालन नायिका रीमा विश्वकर्मा र राजेश घतानीले गर्नेछन् ।