१३ बैशाख २०८१, बिहीबार
Follow Us

जर्मनी र इंग्ल्यान्ड बराबरी

नेपालब्रिटेन संवाददाता
२५ जेष्ठ २०७९, बुधबार ०५:२०

लन्डन । यूईएफए नेसन्स लिग फुटबलमा इटालीले पहिलो जित निकालेको छ । समूह चरण अन्तर्गत मंगलबार राति हंगेरीलाई २–१ ले हराउँदै इटालीले पहिलो जित निकालेको हो ।

घरेलु टोली इटालीलाई विजयी गराउन निकोलो बारेला र लोरेन्जो पेल्लिग्रिनीले एक एक गोल गरे । इटालीकै जियानलुका मान्सिनीले एक आत्माघाति गोल गरेपछि हंगेरीले गोल अन्तर कम गरेको हो ।

खेलको ३० औं मिनेटमा बारेलाले गोल गर्दै इटालीलाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै, ४५ औं मिनेटमा पेल्लिग्रिनीले गोल गर्दै इटालीलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ६१ औं मिनेटमा इटालीका मान्सिनीले आत्मघाती गोल गरेपनि इटाली २–१ ले विजयी भयो ।

यस्तै, अर्काे खेलमा जर्मनी र इंग्ल्यान्डले बराबरी खेलेका छन् । जर्मनी र इंग्ल्यान्डले १–१ को बराबरी खेल्दै अंक बाडेका छन् । जर्मनीमा भएको खेलमा घरेलु टोलीका जोनास हफम्यानले पहिलो गोल गरे । ८८ औं मिनेटमा इंग्ल्याण्डका ह्यारी केनले पेनाल्टीमार्फत एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।

युएफा नेशन्स लिग फुटबलको समुह ए–३ मा इटालीले अग्रता लिएको छ । दुई खेलबाट इटालीको ४ अंक भएको छ । समान खेलबाट ३ अंक जोडेको हंगेरी दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको जर्मनीको २ अंक छ । एक अंक मात्रै जोडेको इंग्ल्याण्ड पुछारमा छ ।

युएफा नेशन्स लिगकै अन्य खेलहरुमा टर्कीले लिथुआनियालाई ६–० ले हराउँदा फिनल्याण्डले मोन्टेनेग्रोलाई २–० ले तथा बोस्निया हर्जगोभिनालले रोमानियालाई १–० ले हराएका छन् ।